सचिवमा आभा कर्ण बढुवा

काठमाडौं । सरकारले सचिवमा सहसचिव आभा कर्णलाई बढुवा गरेको छ ।मंगलबार (आज) बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

आभा मधेश प्रदेशमा कार्यरत थिइन् ।

यसअघि बढुवा समितिले कर्णसँगै चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम पनि सिफारिस गरेको थियो ।

Share News