काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री तथा प्रदेशसभा सदस्य निमा गिरी १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकी छन् ।
प्युठानबाट खुला महिला क्लस्टरतर्फ गिरीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन् ।
कांग्रेसको विशेष महाधिवेशनमा समेत सहभागी गिरीले त्यतिबेला महाधिवेशन सञ्चालनमा समेत जिम्मेवारी सम्हालेकी थिइन् । पार्टीको लुम्बिनी प्रदेश संगठनमा सक्रिय गिरी हाल प्रदेशसभा सदस्यसँगै प्रदेश सहमहामन्त्रीको भूमिकामा छिन् ।
महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएसँगै गिरीले अब कांग्रेसको १५औँ महाधिवेशनमा प्युठानबाट प्रतिनिधित्व गर्नेछिन् ।