एलएस क्यापिटलले ११ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । एलएस क्यापिटल लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँको करसहित ११ प्रतिशतका दरले ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो १६औँ वार्षिक साधारण सभा असोज २९ गते आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार सभा बिहान ११ बजे लक्ष्मी सनराइज बैंक लिमिटेडको लक्ष्मी कम्प्लेक्स, हात्तिसार, काठमाडौंमा हुनेछ ।

सभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत साधारण सभामा पेस गर्ने भएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश भने वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

Share News