काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७७ अंकले बढेर २६२९ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३५६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ३५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै हिमालयन डिस्टिलरीको ३५ करोड, सानिमा मिडल तमोरको २४ करोड, रिलाइन्स स्पिीनिङको २२ करोड र सोनापुर मिनरल्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेपाल ल्युबको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ ।