काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (एसपीडीएल) को १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेका अनुसार कम्पनीको १२ लाख ९ हजार ८६२.५० कित्ता बोनस सेयर बिहीबार सूचीकृत गरिएको हो ।
अब सूचीकृत भएको बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।