आँखुखोला जलविद्युत कम्पनीले अपर आँखुखोलामा ५ करोड लगानी गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले धादिङमा निर्माण हुन लागेको ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो । कम्पनीले यसबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ। 

नेप्सेलाई पठाएको सूचनाअनुसार धादिङ आँखुखोला हाइड्रो प्रालिले प्रवर्द्धन गर्न लागेको अपर आँखुखोला जलविद्युत आयोजना मा ५ करोड रुपैयाँ इक्विटी लगानी गर्ने निर्णय गरिएको हो ।

कम्पनीका अनुसार उक्त लगानी आयोजनाको प्रवर्द्धन तथा विकास प्रक्रियालाई अगाडि बढाउने उद्देश्यले गरिएको हो ।

आँखुखोला जलविद्युत कम्पनीले नेप्सेलाई पठाएको सूचनामा सञ्चालक समितिको निर्णयअनुसार लगानी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

Share News