सानिमा मिडिल तमोरले ५.२६ प्रतिशत लाभांश दिने, असोज १९ गते बुक क्लोज

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्दै ११औँ वार्षिक साधारणसभा असोज ३० गते आयोजना गर्ने निर्णय गरेको हो ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते एक दिन सेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने जनाएको छ ।

यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई आफ्नो नाममा सेयर कायम भएका सेयरधनी साधारणसभामा सहभागी हुन र प्रस्तावित नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले वितरणयोग्य सञ्चित खुद मुनाफाबाट करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने जनाएको छ ।

साधारणसभामा लाभांश अनुमोदनसहित आर्थिक वर्ष २०८२/८३ का वित्तीय विवरण पारित गर्ने लगायतका नियमित प्रस्तावहरू पनि पेश गरिने कम्पनीले नेप्सेलाई जानकारी दिएको छ ।

Share News