प्रहरी र सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति  पक्राउ

काठमाडौं । प्रहरी र नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ  परेका छन् ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासी, देवचुली नगरपालिका-७ घर भई हाल काठमाडौं, बूढानीलकण्ठ बस्ने ३८ वर्षीय मोहन केसी भन्ने राज श्रेष्ठ रहेका छन् ।

उनलाई शुक्रबार पक्राउ गरिएको हो । श्रेष्ठविरुद्ध प्रहरी र आर्मीमा जागिर लगाइदिन्छु भन्दै २७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । 

पक्राउ पुर्जी जारी भएपश्चात् उनी फरार रहेका थिए ।

Share News