काठमाडौं । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रमा आले मगर मन्त्रीमा नियुक्त भएकी छन् ।
आलेमगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
मन्त्रीमा नियुक्त भएसँगै उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
नेकपाको मागअनुसार आलेमगरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् ।
एमालेका किरण थापा मगर नेतृत्वको वागमती प्रदेश सरकारमा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाबीच सत्तासाझेदारी रहेको छ ।
आले मगर यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत बनेकी थिइन् ।