१३ देशमा राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले चीन, भारत र अमेरिकासहित १३ देशमा राजदूतको नाम सिफारिस गरेको छ ।

शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका राजदूतको नाम सिफारिस गरेको हो ।

कुन देशमा को ? 

१. भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे

२. चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्मा

३. अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा

४. यूकेका लागि प्रस्तावित राजदूत पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा

५. जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा

६. इजरायलका लागि प्रस्तावित राजदूत रेशकुमार कर्ण

७. स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन

८. जर्मनीका लागि प्रस्तावित राजदूत शारू जोशी

९. ओमानका लागि प्रस्तावित राजदूत डा. पद्माक्षी राणा

१०. मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल

११. दक्षिण कोरियाका लागि प्रस्तावित राजदूतप्रा. डा. सङ्गम श्रेष्ठ

१२. श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मंचल झा

१३. साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार

अब सरकारले राजदूतका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको रूपमा संसदीय सुनुवाइको लागि पठाउनेछ । 

संसदीय सुनुवाइ समितिले अनुमाेदन गरिसकेपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउँछ । अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्ने व्यवस्था छ ।

Share News