मोरङ उद्योग व्यापार संघको ३५औं कार्यसमिति निर्विरोध निर्वाचित, अनिल कुमार साह बने अध्यक्ष

काठमाडौं । मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमितिको निर्वाचन निर्विरोध रूपमा सम्पन्न भएको छ । संघको विधान तथा नियमावलीअनुसार वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना सदस्यका लागि माग भएबमोजिम नै उम्मेदवारी दर्ता भएपछि सबै सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् । 

निर्वाचनपश्चात् बसेको नवगठित कार्यसमितिको पहिलो बैठकले पदाधिकारीहरूसमेत सर्वसम्मत चयन गरेको छ । संघको अध्यक्षमा अनिल कुमार साह चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य उपाध्यक्षमा विकास कुमार बेगवानी र उद्योग उपाध्यक्षमा संजय कुमार श्रेष्ठ चयन भएका छन् । 

त्यसैगरी, महासचिवमा अमित कुमार सारदा, सचिवद्वयमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित सिंघानिया, सह–कोषाध्यक्षमा मनिष कुमार मारु तथा प्रवक्तामा सुशील सुराना चयन भएका हुन् । 

कार्यसमितिका अन्य सदस्यहरूमा राजेश कुमार अग्रवाल (आर्थिक समिति संयोजक), विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र वेदान्त जाजु रहेका छन् ।

यस्तै डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओम प्रकाश शर्मा कार्यसमिति सदस्यमा मनोनित भएका छन् भने निवर्तमान अध्यक्ष अनुपम राठी पदेन सल्लाहकार रहेका छन् । 

बैठकले डा. दिपेन्द्र नौलखा, अमित अग्रवाल, स्तुति शर्मा, पंकज दुगड र विकास अग्रवाललाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरेको छ । 

साथै, महिला उद्यम समितिको संयोजकमा साधना झा र सह-संयोजकमा जीना श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको छ ।

Share News