काठमाडौं । सिंगापुर एयरलाइन्सले नेपाली बजारमा आफ्नो उडानको टिकट बिक्रीमा पुर्याएको योगदानको कदर गर्दै रुप्से होलिडेजलाई इन्टरप्राइजीङ एजेन्ट अवार्ड प्रदान गरेको छ ।
बुधबार काठमाडौंको मेरियट होटलमा आयोजित कार्यक्रममा एयरलाइन्सले रुप्से होलिडेजलाई उक्त अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा सिंगापुर एयरलाइन्सले नेपालमा आफूसँग व्यावसायिक सहकार्य गर्दै आएका ट्राभल एजेन्टहरूको योगदानलाई सम्मान गरेको थियो ।
सम्मानित एजेन्टहरूमध्ये रुप्से होलिडेजले एयरलाइन्सको टिकट बिक्रीमा गरेको राम्रो व्यावसायिक प्रदर्शनका लागि इन्टरप्राइजीङ एजेन्ट अवार्ड प्राप्त गरेको हो ।
अन्तर्राष्ट्रिय यात्राको योजना बनाउने यात्रुलाई उडानका विकल्प बुझाउन, उनीहरूको तालिकाअनुसार बुकिङ मिलाउन र टिकट उपलब्ध गराउन ट्राभल एजेन्टहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् ।
रुप्से होलिडेजका लागि यो सम्मान नेपाली यात्रु र सिंगापुर एयरलाइन्सलाई जोड्ने आफ्नो भूमिकाको व्यावसायिक पहिचान हो ।