एनएमबीका तीन म्युचुअल फन्डको लाभांश घोषणा, कुनले कति दिने ?

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएका तीन वटा सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

कम्पनीले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ र एनएमबी हाइब्रिड फन्ड एल–२ का इकाइधनीलाई क्रमशः ३.१५ प्रतिशत, १० प्रतिशत र ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

एनएमबी क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

लाभांश वितरण प्रयोजनका लागि तीनवटै योजनाको इकाइधनी दर्ता किताब (बुक क्लोज) भदौ ८ गते एक दिनका लागि बन्द हुने भएको छ ।

बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम रहेका इकाइधनीले घोषित प्रतिफल प्राप्त गर्नेछन् ।

Share News