माउन्ट एभरेष्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.५५ अंकले बढेर २६४२ बिन्दुमा पुगेको हो । 

नेप्सेका अनुसार १०२ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार ३४८ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै सेन्ट्रल फाइनान्सको २२ करोड र खानीखोला हाइड्रोको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज माउन्ट एभरेष्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

Share News