काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २६४१ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३५२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोको भएको छ । सोलुको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै रिडि पावरको २९ करोड, फस्ट माइक्रो फाइनान्सको १२ करोड, सप्तकोशी डेभलपमेन्टको ९ करोड र आँखु खोलाको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ४ वटा उपसमूहको सूचक बढेको छ । हाइड्रोपावर ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत, माइक्रोफाइनान्स ०.१९ प्रतिशत र नन लाइफ इन्स्योरेन्स ०.०४ प्रतिशत बढेको छ ।