यी हुन् अर्थमन्त्रीले पत्याएका ठूला करदाता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार (आज) नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीसँग छलफल गरेका छन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूका प्रतिनिधिसँग उनले अर्थमन्त्रालयमा छलफल गरेका हुन् ।

ठूला करदाता तथा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरे ।

‘नेपालमा अझ ठूलो लगानी गर्नूहोस् । भएका उद्योग विस्तार गर्नूहोस् । नयाँ उत्पादनमा प्रवेश गर्नूहोस् । नयाँ प्रविधि भित्र्याउनूहोस् र नयाँ रोजगारी सिर्जना गर्नूहोस्,’ उनले भने, ‘सरकार तपाईंहरूको साथमा उभिनेछ ।’

सबैभन्दा धेरै कर तिर्ने बहुराष्ट्रिय कम्पनी:

एनसेल
आरती स्ट्रिप्स प्रालि
गोर्खा ब्रुअरी प्रालि
हिमालय एयरलाइन्स
होङ्शी शिवम् सिमेन्ट
डुसान इनरबिलिटी कम्पनी लिमिटेड
डाबर नेपाल
बोटलर्स नेपाल (तराई) लिमिटेड
यूनिलिभर नेपाल लिमिटेड
एशियन पेन्टस (नेपाल) प्रालि
पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना
गोर्खा लहरी प्रालि
ह्वासिन सिमेन्ट नारायणी प्रालि
न्यू होप एग्रो बिजनेस नेपाल प्रालि
नेपाल वेलहोप एग्रिटेक प्रालि
वरुण वेभरेज नेपाल प्रालि
टर्किस एयरलाइन्स ईन्कर्पोरेसन प्रालि
भोटेकोशी पावर कम्पनी प्रालि
बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालि

यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन् । 

यस्तै, उनले नेपालका ‘क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन् ।

करदातालाई अर्थमन्त्रीले भने- अझै ठूलो लगानी गर्नूहोस्, सरकार साथमा छ

Share News