एक वर्षमै १२ सय बढी प्रहरीको राजीनामा

काठमाडौं । नेपाल प्रहरीमा अनिवार्य अवकाश लिनेभन्दा राजीनामा दिनेहरूको संख्या बढेको छ ।

गत आर्थिक वर्ष २०८२/०८३ मा १ हजार २६४ जनाले राजीनामा दिएका छन् । विभिन्न दर्जाका प्रहरीले एकै वर्षमा राजीनामा दिएका हुन् ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता अबी नारायण काफ्लेले एक वर्षमा १२ सयभन्दा बढी प्रहरीले राजीनामा दिएको जानकारी दिए ।

उनका अनुसार ६ सय ८१ जनाले अनिवार्य अवकाश लिएका छन् । विभिन्न ठाउँमा २६ हजार ४१५ जनाको सरुवा भएको छ। ५ हजार २७ जनाको बढुवा भएको छ ।

२ हजार ४८८ जनाको नयाँ नियुक्ति तथा पदस्थापना भएको छ ।

Share News