काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको नयाँ तलबमान तथा सेवा–सुविधा कार्यान्वयनमा ल्याएको छ ।
नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुनेगरी मन्त्रिपरिषदले स्वीकृत गरेको हो ।
साउन ६ गते बसेको बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा मासिक प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था स्वीकृत गरेको हो ।
निर्णयअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि अनुसूची–१ देखि अनुसूची–८ सम्म नयाँ तलबमान निर्धारण गरिएको छ ।
उक्त व्यवस्था निवृत्तिभरण प्रयोजनका लागि समेत लागू हुने उल्लेख गरिएको छ ।
नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ९० हजार ४२५ हुनेछ । उक्त तलबमा कर्मचारीको ग्रेड थपिँदा तलब यसभन्दा धेरै हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
सबैभन्दा धेरै तलब पाउने मुख्यसचिवले ९० हजारभन्दा माथि तलब लिँदा सबैभन्दा कम कार्यालय सहयोगीको तलब हुनेछ ।
नयाँ तलबमानअनुसार कार्यालय सहयोगीको तलब २८ हजार ९८४ रुपैयाँ कायम भएको छ ।