सरकारले भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयको ताला खोल्यो

काठमाडौं । सरकारले भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयकाे ताला खोलेको छ । 

समाज कल्याण परिषद्ले चैत ३० गते देखि बन्द गरेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला परिषद् बुधबार खोलिएको हो ।

समाज कल्याण परिषद्ले ताला खोलिने जानकारी सहित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलाई प्रतिनिधि पठाइदिन पत्र लेखेको छ । 

पुस्तकालयले भाडा नतिरेको कारण देखाउँदै समाज कल्याण परिषदले अन्य व्यवसायीक स्टलसँगै पुस्तकालय पनि बन्द गरेको थियो । 

null

पुस्तकालय बन्द गरेपछि सरकारी निर्णयको चौतर्फी विरोध भएपछि सरकार आफैंले ताला खोल्न लागेको हो । 

Share News