काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ को सामूहिक लगानी कोष एकाइ सूचीकृत भएको छ ।
नेप्से र सिद्धार्थ क्यापिटलबिच साउन १९ गते प्रति एकाइ १० रुपैयाँ अङ्कित मूल्यका १२ करोड ५० लाख एकाइ नेप्सेमा सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
सूचीकरणसँगै यो फण्डको दोस्रो बजार कारोबार भोलि अर्थात् साउन २० गतेदेखि सुरु हुने नेप्सेले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि सिद्धार्थ क्यापिटलमार्फत १२ करोड ५० लाख एकाइ निष्कासन गरेको थियो ।
धितोपत्र सूचीकरण नियमावली, २०७५ बमोजिम नेप्सेको साउन १५ गतेको निर्णयानुसार उक्त सेयर सूचीकृत गरिएको हो ।