काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले १:१ (१ बराबर १) को अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले एनआईएमबी एस क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा चयन गर्ने निर्णय गरेको हो ।
कम्पनीका प्रबन्ध सञ्चालक वीर बहादुर घलेका अनुसार २०८२ असोज ९ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजी २२ करोड रुपैयाँको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्वीकृत गरिसकेको थियाे ।