अनसनरत नर्सका प्रतिनिधिसँग मन्त्रालयमा वार्ता सुरु

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ । 

सरकारले नर्सहरूको सेवासुविधावारे पटक पटक सहमति जनाए पनि कार्यान्वयन हुन नसकेको भन्दै नर्स रानाभाट अनसन बसेपछि मन्त्रालयले वार्ता सुरु गरेको हो । 

अनशनको पाँचौं दिन मन्त्रालयमा भएको वार्तामा रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन् भने मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. संगीता मिश्र, मन्त्रीका प्रमुख सल्लाहकार डा. मनोहर प्रधान तथा कानुन शाखाका प्रतिनिधिहरू सहभागी भएका छन् । 

रानाभाटले लामो समयदेखि उठाउँदै आएका मागहरूबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । 

जारी बैठकमा दुवै पक्षबीच सहमति जुटाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ ।

Share News