काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया स्पेनी फुटबलको प्रतिष्ठित क्लब एफसी बार्सिलोनाको मुख्य साझेदार तथा आधिकारिक होम एप्लायन्स पार्टनर बनेको छ।
दुवै पक्षबीच भएको पाँच वर्षे रणनीतिक साझेदारी सन् २०२६/२७ सिजनदेखि लागू भएको हो । यो सहकार्य सन् २०३०/३१ सिजनसम्म कायम रहनेछ भने १ जुलाई २०२६ देखि औपचारिक रूपमा कार्यान्वयनमा आइसकेको छ।
यस साझेदारीसँगै एफसी बार्सिलोनाको पुरुष पहिलो टोलीले खेल तथा प्रशिक्षणका क्रममा लगाउने जर्सीको बायाँ बाहुलामा माइडियाको लोगो राखिएको छ ।
क्लबले सार्वजनिक गरेको २०२६र२७ सिजनको नयाँ घरेलु जर्सीमा माइडियाको लोगो पहिलोपटक समावेश गरिएको हो ।
माइडियाका अनुसार यो सहकार्य जर्सीमा लोगो राख्ने प्रायोजनमा मात्र सीमित रहने छैन ।
आगामी पाँच सिजनसम्म दुवै संस्थाले संयुक्त सामग्री निर्माण, खेलदिवसका गतिविधि, समर्थक सहभागिता तथा विभिन्न बजार लक्षित अभियान सञ्चालन गर्दै विश्वभरका फुटबल समर्थक र उपभोक्तासँग सम्बन्ध अझ सुदृढ बनाउनेछन् ।
खेलकुदको उत्कृष्टता, प्रविधिमा नवप्रवर्तन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा जोड्नु साझेदारीको मुख्य उद्देश्य रहेको माइडियाले जनाएको छ ।
दुवै संस्थाले आफ्ना क्षेत्रमा उत्कृष्टता, सिर्जनशीलता र दीर्घकालीन प्रभावलाई प्राथमिकता दिँदै आएको कम्पनीको भनाइ छ ।
एफसी बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्तेले स्मार्ट होम समाधान, अनुसन्धान र नवप्रवर्तनप्रति माइडियाको प्रतिबद्धता क्लबको भविष्यप्रति केन्द्रित सोचसँग मेल खाने बताए ।
यस्तै, माइडिया इन्टरनेसनल बिजनेसका अध्यक्ष लुइस फुले विश्वकै सफल र लोकप्रिय फुटबल क्लबमध्ये एक एफसी बार्सिलोनासँग दीर्घकालीन सहकार्य गर्न पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए ।
नेपालमा पनि ठूलो संख्यामा रहेका बार्सिलोना समर्थकका लागि यो साझेदारी विशेष महत्त्वको मानिएको छ । अब उनीहरूले आफ्नो मनपर्ने क्लबको खेल तथा प्रशिक्षण जर्सीमा माइडियाको लोगो प्रत्यक्ष रूपमा देख्न सक्नेछन् ।
कम्पनीका अनुसार यसले माइडियाको विश्वव्यापी ब्रान्ड पहिचानलाई थप मजबुत बनाउनुका साथै नेपाली उपभोक्तामाझ स्मार्ट र आधुनिक जीवनशैलीसँग जोडिएको ब्रान्डका रूपमा यसको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
सन् १९६८ मा स्थापना भएको माइडिया विश्वव्यापी प्रविधि तथा होम एप्लायन्स कम्पनी हो। नेपालमा यसको आधिकारिक बिक्री तथा वितरण सीजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ ।
कम्पनीका वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवासर, चेस्ट फ्रिजर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, एयर प्युरिफायरलगायतका उत्पादन नेपाली बजारमा उपलब्ध छन् ।