एक सातामा सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते शनिबार प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य असोज १६ गते शुक्रबार आइपुग्दा घटेर २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको हो ।

साताको पहिलो दिन असोज १० गते २ लाख ९८ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य असोज ११ गते आइतबार ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो ।

असोज १२ गते सोमबार भने सुनको मूल्य एकैदिन ५ हजार रुपैयाँले घट्यो । त्यस दिन सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, असोज १३ गते मंगलबार सुनको मूल्य थप ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा झरेको थियो। यो नै साताको सबैभन्दा कम मूल्य हो ।

असोज १४ गते बुधबार भने सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेर २ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको थियो । असोज १५ गते बिहीबार सुनको मूल्य स्थिर रह्यो ।

साताको अन्तिम कारोबार दिन असोज १६ गते शुक्रबार भने सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसरी हेर्दा एक सातामा सुनको मूल्यमा केही उतारचढाव देखिए पनि समग्रमा प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ ।

Share News