काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको सामूहिक राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिलामन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्यमन्त्री डा. दिनेशचन्द्र देवकोटा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, सहकारी तथा गरिबी निवारणमन्त्री मधुसूदन पौडेल र युवा तथा खेलकुदमन्त्री जयराम थापा रहेका छन् ।
एमालेका सबै मन्त्रीले एकैपटक पदबाट राजीनामा दिएसँगै बागमती प्रदेश सरकारको सत्ता समीकरणमा परिवर्तन आएको छ ।
मन्त्रीहरूको राजीनामापछि सरकारको आगामी स्वरूप, नयाँ सत्ता समीकरण र मन्त्रिपरिषद् पुनर्गठनबारे राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।
