काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२५ अंकले बढेर २७२६ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३४३ कम्पनीको १ करोड कित्ता सेयर किनबचे हुँदा ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै आँखु खोलाको ३१ करोड, रिलाइन्स स्पिीनिङको २७ करोड र हिमालयन रिइन्स्योरेन्सको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
एभरेष्ट करलको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको छ ।