काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १२५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २०० रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ रुपैयाँ कायम थियो ।