काठमाडौं । फलफूल तथा तरकारी बजार कालीमाटीमा बिक्रिका लागि राखिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
सोमबार धादिङको थाक्रेबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको काँक्रोमा ४९.५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १० पसलको १० थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा काँक्रोमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त काँक्रो उपभोग अयोग्य रहेकाले विसर्जन गर्न समितिले निर्देशन दिएको छ ।
सरकारले रोकावट गरेको दर ३५ प्रतिशतभन्दा कम हुँदा उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।