काठमाडौं । दशैं, तिहार तथा छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेका छन् ।
योजनाअन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहकले लक्की ड्रमा सहभागी हुने अवसर पाउनेछन् । खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ ।
योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी उपहार दिइनेछ ।
त्यस्तै, भाटभटेनीमा सामान खरिद गर्दा नेपाल पेको क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकका लागि पनि अर्को टाटा पन्च ईभी जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । यसरी चाडपर्वको अवधिमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकले दुई वटा नयाँ टाटा पन्च ईभी जित्न सक्नेछन् ।
योजनाको मुख्य आकर्षण रहेको नयाँ टाटा पन्च ईभी आधुनिक इलेक्ट्रिक एसयूभी हो । यसमा विद्युतीय ड्राइभिङसँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
नयाँ पन्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
यसमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा छन् ।
टाटा मोटर्सका अनुसार नेपालभर रहेका २० वटा शोरुमसँगै अब देशभरका २८ वटा भाटभटेनी स्टोरबाट पनि टाटा कारबारे जानकारी लिन सकिनेछ । चाडपर्वको अवधिमा भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकले थप सरप्राइज पाउने कम्पनीले जनाएको छ ।