निओ स्टोरको दशैं अफर ‘फेस्टिभ फिएस्टा’ सार्वजनिक

काठमाडौं । दशैंलाई लक्षित गर्दै निओ स्टोरले ‘निओ फेस्टिभ फिएस्टा’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । ‘यस दशैं, अपग्रेड पनि सेलिब्रेसन पनि !’ नाराका साथ ल्याइएको योजनामा ल्यापटप तथा स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहार र छुट सुविधा पाउनेछन् ।

योजनाअन्तर्गत ल्यापटप खरिद गर्ने ग्राहकले तत्कालै सातवटा एसेसोरिज निःशुल्क पाउनेछन्। ग्राहकले ल्यापटप ब्याग, माउस, हेडफोन, क्लिनिङ किट, पेनड्राइभ, माउसप्याड र किबोर्ड कभर उपहारका रूपमा प्राप्त गर्नेछन् ।

त्यसैगरी, ल्यापटप खरिदकर्तालाई साप्ताहिक लक्की ड्रमा सहभागी हुने अवसरसमेत दिइनेछ। योजना अवधिको सात सातासम्म हरेक हप्ता तीन जना विजेता छनोट गरिनेछ । विजेताले एक्युफिट ब्रान्डको स्मार्टवाच पाउनेछन्। यसरी सात सातामा २१ जना ग्राहकले स्मार्टवाच जित्नेछन् ।

अभियानको अर्को मुख्य आकर्षण बम्पर लक्की ड्र रहेको निओ स्टोरले जनाएको छ । बम्पर ड्रमार्फत तीन जना विजेता छनोट गरिनेछ । एक जनाले हायर वासिङ मेसिन, अर्का एक जनाले हायर रेफ्रिजेरेटर र तेस्रो विजेताले हायर टेलिभिजन पाउनेछन् ।

स्मार्टफोन खरिदकर्ताका लागि पनि निओ स्टोरले विशेष अफर ल्याएको छ । छनोट गरिएका मोडलका स्मार्टफोन खरिद गर्दा ग्राहकले निःशुल्क वायरलेस इयरबड पाउनेछन् । यो अफर साओमी, रेड्मी, नथिङ, सामसङ, वनप्लस, ओप्पोलगायत ब्रान्डका छनोट गरिएका स्मार्टफोनमा लागू हुने कम्पनीले जनाएको छ ।

यसैगरी, सामसङका स्मार्टफोन खरिदमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी अर्थात् ईएमआई सुविधा उपलब्ध गराइएको छ । दसैंमा नयाँ ग्याजेट खरिद गर्न चाहने ग्राहकलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले यो सुविधा ल्याइएको निओ स्टोरले जनाएको छ ।

निओ स्टोरका अनुसार अभियानअन्तर्गतका अफर तथा सर्तहरू स्टोरअनुसार फरक हुन सक्नेछन् ।

Share News