स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई थान चोरीको स्कुटरसहित काठमाडौं महानगरपालिका-९ तिलगङ्गाबाट काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २१ वर्षीय आकाश तामाङलाई पक्राउ गरी बुधबार (आज) सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ तामाङको साथबाट प्रदेश ३-०२-०११ प २८४६ नम्बरको अप्रिला कम्पनीको स्कुटर र बा.प्र-०२-०४३ प ८५४२ नम्बरको होण्डा डिओ स्कुटर बरामद गरेको जानकारी दिए ।

पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

Share News