बुधबारदेखि भरी सिलिन्डर ग्यास पाइने

काठमाडौं । काठमाडौंमा पेट्रोलियम पदार्थको सहज आपूर्तिसँगै भोलि (बुधबार) देखि उपभोक्ताले बजारमा पूरा सिलिन्डर ग्यास किन्न पाउने भएका छन् । 

नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै असार ३१ गतेदेखि साविक बमोजिमकै १४.२ केजीको भरी सिलिन्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको हो  

यसअघि ग्यासको अभावका कारण निगमले ७.१ केजीको आधा सिलिन्डर मात्र बिक्री गर्दै आएको थियो। उपभोक्ताको माग र बजारमा आपूर्ति सहज भएसँगै निगमले यो कदम चालेको हो । 

निगमका अनुसार अब बजारमा उपलब्ध हुने १४.२ केजीको भरी सिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ तोकिएको छ । यद्यपि, बजारमा रहेका आधा सिलिन्डरहरू पूर्ण रूपमा फिर्ता वा प्रतिस्थापन नहुँदासम्मका लागि केही समय ७.१ केजी र १४.२ केजी दुवै नापका सिलिन्डरहरू समान्तर रूपमा बिक्री भइरहने निगमले जनाएको छ ।

आयल निगमले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य राम्रोसँग यकिन गरेर मात्र लिन उपभोक्ताहरूलाई आग्रह गरेको छ ।

null

Share News