गोदावरी नगरपालिकाको गाडी चोर्ने परियार पक्राउ

काठमाडौं । गोदावरी नगरपालिकाको गाडी चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चढ्ने बा २ झ १८७८ नम्बरको सरकारी गाडी चोरी गरेको आरोपमा ३३ वर्षीय श्याम भाइ परियार पक्राउ परेका हुन् ।

उनले जेठ २० गते ललितपुर गोदावरी नगरपालिका १२ दुरिखेलमा राती पार्किङ गरी राखेको अवस्थामा सरकारी गाडी चोरी गरेका थिए ।

परियारले सरकारी गाडी चोरी गरी लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

Share News