नेप्सेमा सामान्य अंकको गिरावट, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५४ अंकले घटेर २७३३ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

मंगलबार ३५७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एग्रीकल्चरल बोन्डको भएको छ । एग्रीकल्चरको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै सेन्ट्रल फाइनान्सको ३५ करोड, १०.२५ प्रतिशत एनबीबीएलको ३१ करोड, आँखु खोला जलविद्युतको २५ करोड र १० प्रतिशत लक्ष्मी बैंकको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपन फर्माको १५ प्रतिशत र कालिन्चोक हाइड्रोको १४.९९ प्रतिशतले सेयर मूल्य बढेका छन् ।     

Share News