तोलामा २ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा मंगलबार पहेँलो धातुको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । 

सोमबार प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने तीन लाख एक हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला चार हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने चार हजार ९२५ रुपैयाँ निर्धारण भएको छ ।     

Share News