काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढ्दा चाँदी १५ रुपैयाँले महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४०५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।