सेयर बजारमा ४ अर्ब ७० करोडको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २७६६ बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार ६३  कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बिहीबार ३५३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एभरेष्ट बैंकको भएको छ । एभरेष्ट बैंकको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै आँखु खोला जलविद्युतको ३२ करोड, सेन्ट्रल फाइनान्सको १८ करोड, नेपाल रिइन्योरेन्सको १७ करोड र सप्तकोशी डेभलपमेन्टको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार कालिन्चोक हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज १२ कम्पनीको उपसमूहको सूचक घटेका छन् । म्यूचल फन्डको सूचक ०.३२ प्रतिशले बढेकाे छ । 

Share News