काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्डबाट सम्मानित भएको छ ।
न्यू बिजनेस एज लिमिटेडद्वारा बैशाख २५ गते काठमाडौंमा आयोजित ‘न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’ को दशौं संस्करणमा उक्त विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ उपाधि प्रदान गरिएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा आयोजकले बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरेको थियो ।
बैंकका अनुसार यस सम्मानले ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यमा थप ऊर्जा र हौसला मिलेको छ । साथै बैंकले आफ्ना ग्राहक, सेयरधनी, कर्मचारी, नियमनकारी निकाय तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ ।
गरिमा विकास बैंक यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ । भारतीय चेम्बर अफ कमर्शद्वारा अगष्ट २९, २०२५ मा आयोजित ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’ मा विभिन्न विधामा उत्कृष्ट तथा रनरअप उपाधि हासिल गरेको थियो । त्यस्तै, कर्पोरेट क्लब नेपालद्वारा फेब्रुअरी २५, २०२५ मा आयोजित समारोहमा ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट समेत सम्मानित भएको थियो ।
हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवा मार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।