फिलिपिन्सकी उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाइने

काठमाडौं । फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाउने प्रस्तावहरू सिनेटमा पठाउने सम्बन्धमा भएको मतदानमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । यो महाभियोग प्रस्ताव दर्ताका लागि पूर्वअभ्यास हो ।  

उपराष्ट्रपतिले सन् २०२८ मा गर्ने गरी घोषणा गरेको राष्ट्रपतीय निर्वाचनमाथि प्रश्न गर्दै महाभियोग प्रस्तावको तयारी गरिएको हो । 

महाअभियोगका धाराहरूमा पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्तेकी छोरीमाथि भ्रष्टाचार, घूसखोरी र पूर्व सहयोगी फर्डिनान्ड मार्कोसविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको छ ।

फिलिपिन्सको संविधानअनुसार, महाभियोगमाथि सिनेटमा सुनुवाइ सुरु हुन्छ । सुनुवाईसँगै डुतेर्तेको पद स्वतः निलम्बित हुन्छ भने उनी आरोपउपर दोषी ठहरिएमा उनको पद स्थायीरूपमा गुम्नुका साथै कुनै पनि निर्वाचित पदका लागि प्रतिस्पर्धा गर्न उनी अयोग्य बन्नेछिन् ।   

Share News