
काठमाडौं । सेञ्चुरी फुडले दशैं-तिहारकाे उपलक्ष्यमा नयाँ याेजना सार्वजनिक गरेकाे छ । उक्त याेजनाअनुसार सेञ्चुरीले थकाली लङ ग्रेन बासमती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरूले हात खाली नजानेगरी उपहार पाउने छन्।
भाग्यशाली ग्राहकले चामलको बोरा खरिदमा मोटरसाइकलदेखि कारसम्म पनि पाउन सक्ने सेञ्चुरीले जनाएकाे छ ।
कम्पनीको अनुसार हरेक बोरामा आकर्षक उपहार राखिएका छन् । ग्राहकले उपहारकाे रूपमा माइक्रोवेभ ओभन, वासिङ मेशिन, फ्रिज, स्मार्टफोन, स्मार्टवाचलगायतका विभिन्न प्रकारका उपहार पाउन सक्नेछन्।
सेञ्चुरीले डिलर्स मिटमार्फत उक्त योजनाको घोषणा गरेको हो।
आफ्ना डिलरहरूको दक्षताअनुसार थाइल्याण्ड, बाली तथा सिंगापुर भ्रमणलगायत एशियाकै लक्जरी क्रुजको आनन्द लिने व्यवस्था मिलाएको पनि कम्पनीले जनाएको छ।
उक्त भ्रमण अवधिभरको खाने-बस्ने सम्पूर्ण खर्च पनि कम्पनीले नै बेहाेर्नेछ ।

