शाखा विस्तारमा आक्रामक भाटभटेनी, २९औं शाखा चितवनको टाँडीमा

<p>काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले चितवनको टाँडीमा पनि शाखा खाेल्ने भएकाे छ। टाँडीस्थित शान्तिचोकमा २९ &#x200d;औं शाखा सञ्चालनमा ल्याउन लागिएकाे हाे । उक्त शाखा १४ महिनाभित्र सञ्चालनमा ल्याइने जनाइएकाे छ । यस शाखा निर्माणमा १ अर्ब ५० कराेड खर्च गरिने जनाइएकाे छ । स्टाेर पर्यटकलक्षित हुने पनि भाटभटेनीले जनाएकाे छ । बेसमेन्टसहित सात तलाको टाँडी शाखामा [&hellip;]</p>

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले चितवनको टाँडीमा पनि शाखा खाेल्ने भएकाे छ। टाँडीस्थित शान्तिचोकमा २९ ‍औं शाखा सञ्चालनमा ल्याउन लागिएकाे हाे ।

उक्त शाखा १४ महिनाभित्र सञ्चालनमा ल्याइने जनाइएकाे छ । यस शाखा निर्माणमा १ अर्ब ५० कराेड खर्च गरिने जनाइएकाे छ । स्टाेर पर्यटकलक्षित हुने पनि भाटभटेनीले जनाएकाे छ ।

बेसमेन्टसहित सात तलाको टाँडी शाखामा करिब ५ सयजनालाई रोजगारी दिइने भाटभटेनीले जनाएकाे छ । भरतपुरमा भाटभटेनीको शाखा पहिल्यै सञ्चालनमा आइसकेको छ। भाटभटेनीले देशभरका विभिन्न शाखामा पार्टटाइम काम पनि दिइरहेकाे छ ।

पर्यटकीय नगरी पोखराको तालचोकमा २८ औं शाखा खाेल्नका लागि भाटभटेनीले भूमिपूजन गरिसकेकाे छ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङ हुन् । गुरुङले सन् १९८४ मा भाटभटेनी सुपर मार्केटकाे स्थापना गरेका थिए ।

गुरुङ सन् १९५८ मा खोटाङमा  जन्मिएका थिए । उनले नेपाल बैंक लिमिटेडमा काम गर्दै अर्थशास्त्रमा स्नातकोतर तहको अध्ययन पनि सम्पन्न गरेका थिए। उनले बैंकिङ क्षेत्रमा काम गर्ने क्रममा ‍भाटभटेनी सुपरमार्केट जन्मिएकाे थियाे । सुरुकाे सुपरमार्केटमा ३५ हजार रुपैयाँ लगानी गरिएको थियो।

Share News