नेपाल पुलिस क्लब महिला भलिबल टिमको मुख्य प्रायोजक सिप्रदी ट्रेडिङ

<p>काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र नेपाल पुलिस क्लब महिला भलिबल टिमबीच काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि मुख्य प्रायोजकको सम्झौता भएकाे छ । सम्झौतापत्रमा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले हस्ताक्षर गरे । [&hellip;]</p>

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र नेपाल पुलिस क्लब महिला भलिबल टिमबीच काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि मुख्य प्रायोजकको सम्झौता भएकाे छ ।

सम्झौतापत्रमा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले हस्ताक्षर गरे ।

माल्दिभ्सको मालेमा माल्दिभ्स भलिबल संघले यही २०२४ सेप्टेम्बर १५ देखि २१ तारिखसम्म काभा आयोजना गर्न लागेको छ ।

उक्त खेलमा नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, इरान, काजकिस्तान, पाकिस्तान, श्रीलंका, ताजकिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरी १३ एसियाली राष्ट्रका क्लबले सहभागिता जनाउनेछन् ।

Share News