सीजीले गर्‍याे ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक

<p>काठमाडौं । चाैधरी ग्रुप (सिजी)ले दशैं-तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । ग्राहकले सामान खरिद गर्दा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्ने सिजीले जनाएकाे छ । सिजी तथा सिजी मेरिडियाका सामानको खरिदमा ६०,५०० रुपैयाँसम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ । ६५ र ७५ इन्चकाे सिजी टिभी किन्दा [&hellip;]</p>

काठमाडौं । चाैधरी ग्रुप (सिजी)ले दशैं-तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ ।

ग्राहकले सामान खरिद गर्दा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्ने सिजीले जनाएकाे छ ।

सिजी तथा सिजी मेरिडियाका सामानको खरिदमा ६०,५०० रुपैयाँसम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ ।

६५ र ७५ इन्चकाे सिजी टिभी किन्दा २.१ स्पिकर फ्री

क्यूलेड (५५ इन्चमाथि) को खरिदमा २.१ स्पिकर फ्री

रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री

रेफ्रिजरेटर (साइड बाई साइड/मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम फ्री

माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट फ्री

फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो) फ्री

सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) फ्री

डिशवाशरको खरिदमा डिशवाशर किट फ्री

साथै ग्राहकहरूले सिजी टिभी (३२ इन्चदेखि ५५ इन्चसम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै यो योजनाअन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

यो योजना भाद्र २३ बाट सीमित अवधिको लागि देशभर लागू हुनेछ ।

आफ्ना ग्राहकहरूलाई मध्यनजर गरी सिजीले सिजी मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरू मात्र उपलब्ध हुनेछ ।

Share News