कर्जा जोखिम भारको दरलाई तोडमोड गरेको भन्ने समाचारप्रति एनआईसी एशिया बैंकको ध्यानाकर्षण

<p>काठमाडौं । एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका अनुसार हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकका अनुसार हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित भ्रामक समाचारहरूप्रति ध्यानाकर्षण भएको हो ।

‘नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको क्यापीटल एडुकेसी फ्रेमर्वोक २०१५  मा उल्लेखित रिक्स वेट क्लासीफीकेसन सम्बन्धी व्यवस्थाहरू मध्ये क्लेम सेक्युर बाइ रेजीडेन्टल प्राेपरटीज भित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नो बुझाई अनुरुप वर्गीकरण गरी सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष रिपोर्टिङ गरेकोमा यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठे पश्चात् बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा क्लेम सेक्युर बाइ रेजीडेन्टल प्राेपरटीज सम्बन्धमा बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई च्भउयचतष्लन गरिसकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै यस विषय वाहेक बैंकले रियल स्टेट सेक्टरमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको प्रस्ट पार्दै रियल स्टेट सेक्टरमा बैंकले आफ्नोे कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा यस बैंकले २०८० पौष मसान्तसम्ममा १० दशमलव १४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको बैंकले जनाएको छ ।

Share News