काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) बढेपनि अर्थतन्त्र सुधारको लयमा रहेको राष्ट्र बैंकले बताएको छ । मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले खराब कर्जा पौने ४ प्रतिशत पुगेपनि सुधारको अवस्थामा रहेको बताएको हो ।
राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधिहरु केही शिथिल रहेको परिप्रेक्ष्यमा बैकिङ्ग प्रणालीमा कर्जा असूली कम भई खराब कर्जा अनुपात केही बढेको छ । २०८० पुसमा बैक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।
ब्याजदर घट्दै गएको, पर्यटक आगमन बढिरहेको र पुँजीगत खर्चमा समेत तीव्रता आउँदा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा असूलीमा समेत सुधार आउँदै जाने राष्ट्र बैंकको भनाइ छ ।