स्पष्टिकरण दिँदै एनआईसी एशिया बैंकले भन्यो : कुनै पनि शाखा बन्द गर्दैनौं

<p>काठमाडौं । एनआईसी एशिया बैंकले कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने रणनीति नभएको बताएको छ । पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा आएका विभिन्न समाचारहरुमा स्पष्टिकरण दिँदै बैंकले हाल कम्पनीको शाखा बन्द गर्ने रणनीति तथा योजना नरहेको बताएको हो । पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने रणनीति नभएको बताएको छ । पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा आएका विभिन्न समाचारहरुमा स्पष्टिकरण दिँदै बैंकले हाल कम्पनीको शाखा बन्द गर्ने रणनीति तथा योजना नरहेको बताएको हो ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भन्दै समाचारहरु आएका थिए । जुन विषय कपोलकल्पित तथा भ्रामक रहेको भन्दै बैंकले सोमबार एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Share News