सिटिजन्स बैंकले भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने

<p>काठमाडौं । सिटिजन्स बैंकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई २५ लाख  रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ । बैंकले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्पनबाट पीडितहरुको उद्धार तथा उपचारमा सहयाेगको उद्देश्यले प्रधानमन्त्री उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोेग गर्ने बताएको हो । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरुको सीघ्र स्वास्थ्य [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई २५ लाख  रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ ।

बैंकले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्पनबाट पीडितहरुको उद्धार तथा उपचारमा सहयाेगको उद्देश्यले प्रधानमन्त्री उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोेग गर्ने बताएको हो ।

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा सहयोग पुर्याउँदै आएको र भविश्यमा समेत यस्तो सेवा सहयोग गर्दै जाने बताएको छ ।

Share News