मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ललितपुरको सुमेरु अस्पतालमा छुट

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ललितपुरको सुमेरु अस्पतालमा विशेष छुट हुने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पताल सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ललितपुरको सुमेरु अस्पतालमा विशेष छुट हुने भएको छ ।

मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पताल सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसस नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । ‍

Share News