नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने, ग्राहकको समस्या तत्काल समाधान हुने

<p>काठमाडौं । नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालन गर्ने भएको छ । उक्त सेवा सञ्चालन गर्न बैंकले मंगलबार सेवा प्रदायकसँग सम्झौता गरेको हो । यस सम्झौताले नेपाल बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्ने कम्पनीले जानकारी गराएका छन् । सो कार्यक्रममा नेपाल बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालन गर्ने भएको छ । उक्त सेवा सञ्चालन गर्न बैंकले मंगलबार सेवा प्रदायकसँग सम्झौता गरेको हो ।

यस सम्झौताले नेपाल बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्ने कम्पनीले जानकारी गराएका छन् ।

सो कार्यक्रममा नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौताप्रति खुशी व्यक्त गर्दै यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।

हाल बैंकले २२८ शाखा, २०४ एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई डिजिटल वित्तीय सेवा पुर्याई रहेको छ ।

Share News