काठमाडौं । पुर्वाधार विकास बैंक (निफ्रा)ले ५० करोड रुपैयाँभन्दा बढीको कर्जा प्रवाह गर्दा रेटिङ गरेको हुनु पर्ने छ । नेपाल राष्ट्र बैंकले निफ्रा बैंकलाई निर्देशन दिँदै ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने जनाएको छ ।
यस्तै, पूर्वाधार विकास बैंकले आवश्यक नीति तर्जुमा गरी प्राथमिक पुँजीको १० प्रतिशतको सीमाभित्र रही जग्गा, भवन वा दुवै खरिद वा भवन निर्माण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
त्यस्तै, नेपाल राष्ट्र बैंक वा अन्य निकायहरुले खाता रोक्का÷फुकुवा गरेका व्यक्तिहरुको अद्यावधिक सूची तयार गरी यस्तो सूचीलाई ग्राहक पहिचान पद्दतिको आधारको रुपमा लिन निफ्रालाई भनेको हो ।
यस्तै, पूर्वाधार विकास बैंकको काम कारवाही सम्बन्धी गुनासोको सुनुवाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाले यस बैंकको गुनासो पोर्टलको लिङ्क आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।